काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठक बस्ने बित्तिकै नेकपा एमालेले आपत्ति जनाएको छ।
एमालेका सांसदहरूले उभिएर बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध आपत्ति जनाएका हुन् ।
एमालेका सांसदहरू बस्न नमानेपछि केसीले सांसद गुरु बराललाई बोल्न दुई मिनेट समय दिए।
सासद् बरालले सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध सांसद बरालले आपत्ति जनाएका थिए ।
पक्राउको विरोधमा शान्तिपूर्ण विरोध गर्दा सरकारले बर्बर दमन गरेको आरोप लगाए । उनले गृहमन्त्रीलाई यस विषयमा छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरे । सांसद बरालले ओली र लेखकलाई रिहाइ र शान्तिपूर्ण आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्न माग गरे ।