काठमाडौं । नेकपा (एमाले) समर्थक जेन—जी अमिशा पराजुलीले डिजिटल हिंसाविरुद्ध भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अभिव्यक्ति दिएपछि पराजुलीमाथि अमानवीय तवरले सामाजिक संजालमा गालीगलौज तथा बलात्कारको धम्की समेत आएपछि साइबर ब्यूरोमा उजुरी दिएकी हुन् । उनले आफ्नो भिडियोको दुरुपयोग गर्ने, गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिने सबैमाथि एकमुष्ट उजुरी दिएकी हुन् ।
अमिशाले ओलीको पक्राउलाई असंवैधानिक भन्दै अभिव्यक्ति दिएकी थिइन् । त्यसलगत्तै उनीमाथि अमानवीय तवरले गालीगलौज तथा साइबर बुलिङ भइरहेको छ ।