शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एमाले संसदीय दलको बैठक जारी, दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने

बुधबार, चैत्र १८ २०८२

काठमाडौँ । केहीबेर अघि सुरु भएकाे नेकपा एमाले संसदीय दलको बैठक जारी छ ।

भोलिदेखि संसदको अधिवेशन सुरु हुन लागेकोले च्यासलस्थित बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको चयन टुंगो लगाउने तयारी भइरहेको छ।

दलको नेतामा रामबहादुर थापा को चर्चा छ भने सुहाङ नेम्वाङ चाहने समाचारहरू आइरहेका छन्।

एमाले बाट प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सीट सहित कुल २५ जना सांसद छन्। आजको बैठकमा महासचिव शंकर पोखरेल ले सांसदहरूलाई पार्टी नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी दिने कार्यक्रम रहेको छ।