बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बैंक अफ काठमाण्डूको नाफा एक अर्ब ३२ करोड

बिहिबार, साउन २३ २०७६

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) ले आर्थिक बर्ष २०७५—०७६ मा एक अर्ब ९३ करोड ८२ लाख २० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ३२ करोड ११ लाख ८८ हजार रुपैयाँ रहेको थियो । 

चुक्ता पुंजी आठ अर्ब छ करोड ३१ लाख एक हजार रुपैयाँ रहेको बैंैकले आव २०७५—०७६ मा ८२ अर्ब ९३ करोड ६१ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ७३ करोड ७६ लाख ६५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब ७७ करोड ४४ लाख १४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको बितरणयोग्य नाफा एक अर्ब ३० करोड एक लाख ९८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दसमलव पाँच प्रतिसत रहेको छ । 

अघिल्लो आवमा भने बैंकले ७६ अर्ब ९१ करोड ३७ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब ७८ करोड ९० लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा तीन अर्ब पाँच करोड ९१ लाख २६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ८२ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।