बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अमरेशकुमार सिंहले अस्वीकार गरे उद्योग मन्त्री पद

शुक्रबार, चैत्र १३ २०८२

काठमाडौँ । उद्याेग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा शपथ लिने तयारीमा रहेका अमरेशकुमार सिंहले मन्त्री पद अस्वीकार गरेका छन्।

उनका सहयाेगीले बताएका अनुसार सिंहले शपथ ग्रहणका लागि शीतलनिवास नजाने निर्णय गरेका हुन् ।

सर्लाही–४ बाट गगनकुमार थापालाई पराजित गरी संसदीय यात्रा तय गरेका सिंहले उद्योग मन्त्रालयमा आफ्नो विशेषज्ञता नभएको कारण मन्त्री पद अस्वीकार गरेको बताए।

अमरेशका स्वकीय सचिव रञ्जित झाका अनुसार, “उहाँले उद्योग मन्त्रालयमा जान्न भन्नुभयो र सांसदकै रूपमा बसेर काम गर्ने इच्छा व्यक्त गर्नुभयो,” उहाँले जानकारी दिनुभयो।

यससँगै प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्ने तयारी गरेका छन्।