बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारलाई सकारात्मक र रचनात्मक काममा सहयोग रहन्छ : प्रचण्ड

बिहिबार, चैत्र १२ २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको सकारात्मक काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सिंहदरबारमा शपथ ग्रहणका लागि पुगेका प्रचण्डले रास्वपा सरकारले सञ्चालन गर्ने कार्यमा रचनात्मक सहयोग रहने स्पष्ट पारे। उनले भने, “बहुमत ल्याएर सरकार बनाउने साथीहरूलाई बधाई र शुभकामना। सकारात्मक र रचनात्मक काममा सहयोग रहन्छ।”

प्रचण्डले संविधान अन्तर्गत शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचनप्रति पनि खुशी व्यक्त गरे।