बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

२४ अंकले घट्यो नेप्से, दुई वटा समुहले कमाउँदा ११ वटाले गुमाए

बुधबार, चैत्र ११ २०८२

काठमाडौं ।  नेप्से घटेको छ । अघिल्लो दिन २३ दशमलव ८३ अंकले घटेको नेप्से आज बुधबार २४ दशमलव ४५ अंकले घटेर २९ सय ३५ दशमलव ९४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ५४ अंकले घटेर पाँच सय दशमलव ४६ अंकमा पुगेको छ । आज तीन सय ४५ वटा कम्पनीहरुको एक लाख ३८ हजार दुई सय ५६ पटकको कारोबारमा तीन करोड ५८ लाख १९ हजार आठ सय २९ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार कुल कारोबार रकम १५ अर्ब नौं करोड चार लाख १६ हजार आठ सय ४६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा उत्पादनमुलक समुहको सुचक ४९ दशमलव ५८ अंकले बढेर १० हजार तीन सय ७१ दशमलव ३७ अंकमा पुगेको छ भने व्यापार समुहको सुचक एक सय ४२ दशमलव ४६ अंकले बढेको छ । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक भने २२ दशमलव शुन्य चार अंकले घटेर १५ सय ४५ दशमलव शुन्य छ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि छ दशमलव ६८ अंकले घटेर चार हजार दुई सय ९८ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ९२ दशमलव ७२ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ३७ दशमलव ५५ अंकले घटेर ११ हजार आठ सय आठ दशमलव शुन्य आठ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज रिलायन्स स्पीनिङ मिल्स लिमिटेडले सबैभन्दा बढी कमाउँदा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । न्यादी ग्रुप पावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।