बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्से सकारात्मक दिशामा, झण्डै २४ अंकले बढ्दा १४ अर्ब ८३ करोडको शेयर किनबेच

मंगलबार, चैत्र १० २०८२

काठमाडौं । नेप्से सकारात्मक दिशामा देखिएको छ । अघिल्लो दिन पाँच अंकले बढेको नेप्से आज मंगलबार पनि २३ दशमलव ८३ अंकले बढेर २९ सय ६० दशमलव ४० अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९७ अंकले बढेर पाँच सय सात अंकमा चढेको छ । नेप्सेमा आज तीन सय ४१ वटा कम्पनीहरुको एक लाख २६ हजार नौं सय ४७ पटकको कारोबारमा तीन करोड ५८ लाख २२ हजार एक सय ९१ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार छ सय ४३ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा जीवन बीमा समुहको सुचक ५१ दशमलव ८६ अंकले घटेर १३ हजार सात सय ९८ दशमलव ६६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ४५ दशमलव ७५ अंकले घटेर ११ हजार नौं सय ४५ दशमलव ६४ अंकमा पुगेको छ । होटल तथा पर्यटन, लघुवित्त र अन्य समुहको सुचक पनि आज घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने आज १० दशमलव ५५ अंकले बढेर १५ सय ६७ दशमलव १० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५२ दशमलव ३९ अंकले बढेर चार हजार नौं सय ६७ अंकमा चढेको छ । बिकास बैंक, फाईनान्स, लगानी, उत्पादमुलक, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज सालपा बिकास बैंकले सबैभन्दा बढी कमाउँदा फष्र्ट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । राधी जलबिद्युत कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।