बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बेवारिसे झोलाको साढे पाँच लाख र कागजपत्र भेटियो !

बुधबार, साउन २२ २०७६

काठमाडौं । बैतडीमा बेवारिसे झोलामा एक लाख रुपियाँ नगदसहित साढे पाँचलाख रुपियाँको चेक भेटिएको छ । जिल्लाको सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाको मुसे–नाचनथलीको जयपृथ्वी मार्गमामा पर्ने सडक छेउमा झोला भेटिएको हो ।

झोला जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्काले फेला पारेका हुन । मेयर खड्काले भने, “काम विशेषले हामी बझाङबाट धनगढी जाँदै थियौँ । सडक छेउमा कालो रंगको झोला देख्यौ ।

कुनै शंकास्पद वस्तु हो कि भनेर छोडेर हिँड्न खोज्दा, सँगैरहेका साथीहरुले कसैको महत्वपूर्ण कागजपत्रको झोला पनि हुन सक्छ भनेपछि खोलेर हेर्दा भित्र नगद रुपियाँ, चेक र प्रमाण पत्र फेला पारे” झोलामा भेटिएको पाँच लाख ४० हजार रुपियाँको चेक कृषि विकास बैंक बझाङ शाखाको रहेको छ ।

झोलाभित्र भेटिएको नगद पैसा र चेकसँगै कागजात पनि फेला परेको छ । बझाङ जिल्ला साबिकको देउलीकोट गाविस वडा नं। ५ का बशन्त बोहराको नागरिकता रहेको मेयर खड्काले जानकारी दिए ।

फेला परेको एक लाख रुपियाँ नगदसहित साढे पाँचलाख रुपियाँको चेक सम्बन्धीत व्यक्तिलाई दिने तयारी भईरहेको मेयर खड्काले बताए ।