काठमाडौँ । बालुवाटारको चिनियाँ राजदूतावास नजिकैको इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको कार्यालयमा आगलागी भएको छ ।
बुधबार मध्यान्ह उक्त कार्यालयको पेट्रोल जम्मा गरेर राखिएको ठाउँमा आगलागी भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी फडिन्द्र प्रसाईंले बताए ।
प्रहरी पुगेपछि मात्रै थप विवरण आउने प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना पुगिसकेको छ।
बोगटीका अनुसार आगो फैलिँदै गरेको र मानवीय क्षति भएनभएको पुष्टि नभइसकेको बताए। उनले भने, ुदमकल पुगिसकेको छ। आगो निभाउने प्रयास भइरहेको छ।