बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नारायणी पुल बनाउन नसकेको रमण र पप्पु कालोसूचीमा

मंगलबार, साउन २१ २०७६

काठमाडौं । नारायणी नदीमाथिको पुल निर्माणमा गर्न नसके पछि सरकारले रमण कन्स्ट्रक्सन र पप्पु कन्स्ट्रक्सनलाई कालो सूचीमा राख्ने भएको छ । रमण कन्स्ट्रक्सनले अहिले धरहरा निर्माणको जिम्मेवारी लिएको छ तर उसले अब नयाँ ठेक्का लिन आगामी तीन वर्षसम्म पाउने छैन  ।  

कागजपत्र अध्ययन गर्दा तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिदा प्रतिकुल प्रभाव पर्न सक्ने सम्भावना देखिएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण र पप्पु जेभी जनकपुर–९ धनुषालाई नयाँ खरिद कार्यमा रोक लगाएको हो । कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम (२) बमोजिम सो निर्माण व्यवसायीको कालोसूची सम्वन्धी कारबाही प्रक्रिया टुङगो नलागेसम्म सार्वजनिक निकायको नयाँ खरिदमा रोक लगाएको हो ।

हुलाकी राजमार्ग निर्देशनालय टेकुले रमण र पप्पु जेभीलाई दायित्व अनुसारको काम नगरेपछि कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई असार २० गते पत्र पठाएको थियो ।
 नारायणी पुलको जिम्मा लिएर कामै नगरेपछि रमण र पप्पु जेभीलाई कालोसूचीमा राख्न हुलाकी राजमार्ग आयोजनाले पत्राचार गरेको हो ।  आयोजनाले रमण र पप्पु जेभीले पुल नै बनाउन नसकेको भन्दै यस अघि नै सार्वजनिक सूचना निकालेर एकतर्फी रुपमा ठेक्का तोडिसकेको छ ।