काठमाडौं । नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेललाई नयाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले बिदा गर्न खोजेको संकेत दिएका छन् । खरेललाई पदबाट राजीनामा गरेर सक्षम र योग्य व्यक्ति आउने बाटो खुला गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई यू–टर्न नगर्दासम्म एक रुपैयाँ पनि नपाउने भन्दै वर्तमान कार्यशैलीबाट प्रधानमन्त्री यु–टर्न हुन नसक्ने संकेत गरेका छन् ।
मन्त्री भट्टराईले निगम अध्यक्ष खरेललाई घुमाउरो शैलीमा पदबाट मार्ग प्रसस्त गरिदिन सुझाव दिएका हुन् । ‘तपाईंको बुढेसकालको उमेर लागिसकेको छ । यो त आराम गर्नुपर्ने समय हो । आराम गर्नु नै उचित हुन्छ । तर पनि तपाईं सहितको टिमको विश्वासको भने म कदर गर्छु,’ भट्टराईले भनेका छन ्।
निगमका उच्चपदस्थ कर्मचारीहरुसँग सोमबार भएको छलफलमा मन्त्री भट्टराईले निगमले अहिलेको योजनाअनुसार २० अर्ब रुपैयाँ पाउने अवस्थासमेत नभएको जिकिर गरेका हुन् । मन्त्री भट्टराईले निगमका कार्यकारी अध्यक्ष खरेलको कार्यशैलीलाई लक्षित गर्दै ‘बुढेसकालमा पनि तपाईं नेपाल एयरलाइन्स चलाउँछु भनेर लागे पनि निगमको अवस्था भने नाजुक भइसकेको’ बताएका छन् ।