काठमाडौं, साउन २१ । जीवन बीमा सम्वन्धी कारोवार सञ्चालन गर्दे आएको प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले खुुद मुनाफा आर्जनमा छलाङ मारेको छ । कुुशल व्यवस्थापकीय क्षमतामा अव्बल मानिदै आएको उक्त कम्पनीले आव २०७५—०७६ मा ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ ।
यो मुनाफा कम्पनीको अघिल्लो आवको तुुलनामा ४४ दसमलव ७१ प्रतिसतले बढी हो । अघिल्लो आवमा कम्पनीको यस्तो मुनाफा २१ करोड ६३ लाख ६७ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुंजी एक अर्ब ७८ करोड ४८ लाख ३४ हजार रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी पनि बढेर १७ रुपैयाँ ५४ पैसा पुुगेको छ ।
अघिल्लो आवमा कम्पनीको प्रति सेयर आम्दानी १२ रुपैयाँ १२ पैसा रहेको थियो । यसैगरी कम्पनीको प्रति सेयर नेटवर्थ पनि अघिल्लो आवको तुुलनामा ११ दसमलव तीन प्रतिसतले बढेर एक सय ७६ रुपैयाँ ७० पैसा पुुगेको छ । अघिल्लो यस्तो नेटवर्थ एक सय ५९ रुपैयाँ १४ पैसा रहेको थियो ।
कम्पनीले आव २०७५—०७६ मा कुुल दुुई अर्ब ९५ करोड २९ लाख ५१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले दुुई अर्ब ३७ करोड ९३ लाख २८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले हालसम्म १५ अर्ब १४ करोड ८३ लाख १७ हजार रुपैयाँ कुुल बीमा शुुुल्क आर्जन गरेको छ ।