बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस नेता प्रकाशमान सिंह उपचारका लागि अस्पताल भर्ना

मंगलबार, साउन २१ २०७६

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन् । सोमबार अस्वस्थ्य भएपछि उपचारका लागि उनी अस्पताल भर्ना भएका हुन् ।

पार्टीका पूर्वमहामन्त्री समेत रहेका सिंहलाई उपचारका लागि काठमाडौंको नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको काठमाडौं महानगरपालिका वडा नं। २९ का वडाध्यक्ष कुश ढकालले नेपाल तारालाई जानकारी दिएका छन् ।

ज्वरो, रुघाखोकी र युरिनमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरेर उपचार सुरु गरिएको ढकालले बताए ।