बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारी जग्गा हडपेर व्यक्तिको नाममा गराउने तत्कालिन प्रमुखसहित ६ जना पक्राउ

सोमबार, साउन २० २०७६

काठमाडौँ । प्रहरीले जग्गा कीर्ते गरेको अभियोगमा मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकारी दीर्घ बहादुर पोखरेलसहित ६ जनालाई पक्राउ गरेको छ । 

बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँको सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउने तत्कालीन प्रमुख मालपोत अधिकारी पोखरेलसहित २८ जना विरूद्ध अख्तियारले जेठ ३० गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

अख्तियारले बाँके जिल्लाका सरकारी र सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउँदा २ करोड १६ लाख  र बर्दीयाका जग्गा व्यक्तिका नाममा पुर्याउँदा २ करोड ३० लाख भ्रष्टाचार भएको दावी गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरेलसहित शाखा अधिकृत कृष्ण प्रसाद ज्ञवाली, नायब सुब्बा रविन्द्र बहादुर थापा, मालपोत अधिकृत हेमराज शर्मा र कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय रहेका छन् । एक जनाको कार्यालय सहयोगीको पहिचान भएको छैन ।