एजेन्सी । नेपाल सीमावर्ती भारतको बिहारमा एक वफादार कुकुरको बहादुरीपूर्ण कार्यको चर्चा परिचर्चा सुरु भएको छ । आफ्नो मालिक र उनको परिवारलाई बचाएर कुकुले आफ्नो ज्यान दिएको छ ।
कुकुरले आफ्नो मालिकलाई टोक्नै लागेको विषालु सर्पलाईसमेत मारेको छ । कुकुर र सर्पबीचको लडाईमा दुवै मरेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
निजामतपुर गाउँमा मुकेश पाण्डेको घरमा राती अचानक सर्प छिर्न खोज्यो । त्यही क्रममा घरमै पालिएको कुकुरले सर्पलाई देख्यो । त्यस लगत्तै कुकुर सर्पसँग भिड्न थाल्यो ।
जब बिहान भयो, घरका सबैले थाहा पाए । कुकुरले विषालु सर्पलाई मारेको थियो । दुवै मरेका थिए । आँगनमा कुकुर र सर्प मरेको दृश्य अहिले भारतमा सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सर्प सबै जना सुतेको ठाउँमा छिर्न थालेको थियो । मुकेश नजिकै थिए । त्यसैले कुकरलाई श्रद्धाका साथ सबैले अन्तेष्टी समेत गरेका छन् ।
कुत्ते की वफादारी#loyaldog pic.twitter.com/szXbKT6tmU
— kajal lall (@lallkajal) August 2, 2019