भक्तपुर, साउन १९ । सूर्यबिनायक नगरपालिका ६ सूर्य्बिनायकबाट सोही ठाउँ बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका ३ घर भएका ४२ वर्षीय धन श्रेष्ठलाई नुर्फिन ६ एम्पुल, भेनेजगम ६ एम्पुल, डाईजेल्याप ५ एम्पुल र सिरिन्ज ३ वटा सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले श्रेष्ठलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।