बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सोमर्स्वीद्वारा गायक सुशान्त के.सी ब्रान्ड एम्बेष्डर घोषणा

शनिबार, साउन १८ २०७६

काठमाडौं  साउन, १८–
सोमर्स्वी एप्पल साइडरले युवा माझ लोकप्रिय तथा चर्चित गायक सुशान्त के.सी. लाई यही साउन १६ बाट लागु हुने गरी एक वर्षको लागि ब्रान्ड एम्बेष्डर घोषित गरेको छ । 
नेपाली युवाहरुमाझ प्रचलित स्फुर्तिदायी पेय ‘सोमर्स्वी एप्पल साइडर’ र युवावर्ग माझ सांगीतिक क्षेत्रका प्रिय र प्रख्यात गायक सुशान्त के.सीे. ले फ्रेन्डसीप महिनालाई अझै सुरीलो र यादगार बनाउन सहकार्य गरेका छन्  ।  गोर्खा ब्रुअरी प्रा.लि. का मार्केटिङ्ग डाइरेक्टर बैभव शर्माले भने, ‘हामीे यो सहकार्यबाट दूबैबीच परिपुरक हुनेमा विश्वस्त गर्छौ । यो फ्रेन्डसीप महिनामा हाम्रा युवा उपभोक्ताहरुले उहाँको सांगीतिक धुनसँग रम्दै र मस्त रहँदै चिसो सोमस्र्वीको साथमा अझै नयाँ सम्झनाहरु यादगार बनाउने छन् ।’  
सुशान्त प्रसन्न हुँदै भने, ‘म यो सहकार्यबाट एकदमै आशावादी छु र सोमस्र्वीसँगको यो यात्रा अविस्मरणीय रहनेमा विश्वास गर्छु । ब्रान्डसँग आवद्ध रही मलाई हाम्रो देशका युवामाझ सांगीतिक यात्रा लिएर जुर्ने अवसर प्राप्त भएको छ । मलाई आशा छ सोमस्र्वीका विशेषतालाई मैले परिभाषित गर्न सक्नेछु ।’
फ्रेन्डसीप महिना अभियान 
सोमस्र्वीले अन्तराष्ट्रिय फ्रेन्डसीप महिना – अगस्ट २०१९ लाई ध्यानमा राखी नयाँ प्रचार प्रावधान ‘सोमरफन वीथ फ्रेन्डस, डाट्स वन्डरफुल’ उपभोक्तामाझ सार्वजनिक गरेको छ । यो योजना नेपालभरका ५०० भन्दा बढी विक्रि केन्द्रहरुमा उपलब्ध रहनेछ । साथै यो अवधिभर गायक सुशान्त के.सीले धरान, बुटवल, काठमाडौँ, पोखरा र नारायणगढमा सांगीतिक यात्रा गर्नेछन् ।
नेपालमा सोमर्स्वी एप्पल साइडर
सोमस्र्वी नेपाली बजारमा एकमात्र उपलब्ध रहेको एप्पल साइडर हो र गोर्खा बु्रअरी प्रा.लि. ले मे २०१६ मा यो पेय सार्वजनिक गरेको हो ।  तत्पश्चात् यो नेपाली युवामाझ लोकप्रिय रहि आएको छ ।