बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने कार्यमा संलग्न चार जना पक्राउ

शनिबार, साउन १८ २०७६

काठमाडौं साउन, १८–
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने कार्यमा संलग्न चार जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उपत्यकाका बिभिन्न स्थानबाट बिहीबार पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा नागार्जुन नगरपालिका ४ बस्नेहरु २४ वर्षीय अमित तुलाधर, २१ वर्षीय अब्य तुलाधर तथा ३३ वर्षीय हरिकृष्ण तिवारी र काठमाडौं सितापाईला बस्ने जुम्ला सिंजा धाफा घर भएका २५ वर्षीय हरि शर्मा रहेका छन् । 

वर्ल्डलिन्क कम्युनिकेशन प्रालि जवालाखेल कुसुन्ति शाखाबाट नगद १६ लाख ८० हजार १ सय ६३ रुपैयाँ बराबरको ईन्टरनेटमा प्रयोग हुने बिभिन्न डिभाइस लोड गरी ट्रान्सएयर ईन्टरनेसनल लोजिस्टिक प्रालि डोमेस्टिक कार्गोबाट चितवन, हेटौंडा र बुटवलतर्फ लैजाने क्रममा काठमाडौं शंखमुलस्थित सडकबाट साउन ८ गते उक्त सामान चोरी भएको थियो । 

विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र गुडीरहेका गाडीबाट बिभिन्न सामानहरु चोरी गर्ने कार्यमा संलग्न रहेका मानिसहरुको खोजी गर्ने क्रममा उक्त डिभाइस चोरी गरी लाने कार्यमा संलग्न उनीहरुलाई ३ कार्टुन डिभाइस सहित प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।