बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

भक्तपुर–१ मा पनि रास्वपाका उम्मेदवार अगाडि, पछि परे प्रेम सुवाल

शुक्रबार, फाल्गुन २२ २०८२

भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरमा मतगणना जारी रहेको छ। बिहीबार सम्पन्न मतदानपछि देशभर मतगणनाको परिणाम आउने क्रम जारी छ।

प्रारम्भिक मतगणनाको पछिल्लो विवरणअनुसार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रन्जितले तीन हजार ४५२ मत प्राप्त गर्दै अग्रता लिएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले एक हजार ९८२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका किरण न्यौपानेले ५२९ मत प्राप्त गरेका छन्।

भक्तपुर क्षेत्र नम्बर १ मा यसअघिका निर्वाचनहरूमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विजय हासिल गर्दै आएको थियो।