मोरङ । बेलबारी नगरपालिका–१० स्थित सिर्जना सामुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
बेलबारीस्थित इलाका प्रहरी कार्यालयका प्रमुख राजीव गिरीका अनुसार बेलबारी नगरपालिका–११ धार्मिकचोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणबाट ज्यान गएको हो। बिहीबार साँझ घाँस–दाउरा लिएर जंगलबाट फर्कने क्रममा तामाङमाथि हात्तीले आक्रमण गरेको बताइएको छ।
घटनापछि आफन्त तथा स्थानीयले खोजी गर्ने क्रममा बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटर भित्र पर्ने सिर्जना सामुदायिक वन क्षेत्रमा तामाङको शव फेला परेको प्रहरी प्रमुख गिरीले बताए ।