काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ।
हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनाले अग्रता कायम गरेकी छन्। उनले ९ हजार ७८ मत प्राप्त गरेकी छन्।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाले ४ हजार ८८ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले २ हजार ३५५ मत प्राप्त गरेका छन्।
मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
हालसम्मको मतपरिणाम :
रास्वपा (रञ्जु दर्शना) : ९,०७८
नेपाली कांग्रेस (प्रवल थापा) : ४,०८८
राप्रपा (रविन्द्र मिश्र) : २,३५५