बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

व्यवसायी पौडेलको हत्यामा संलग्न चौधरी पक्राउ

शनिबार, साउन १८ २०७६

भैरहवा । रुपन्देही देवदहका व्यवसायी ‘बलु’ भनिने वसन्त पौडेल हत्याको योजनामा सम्लग्न रही फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् ।

 

प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनका साथीसमेत रहेका बुटवल उपमहानगरपालिका–१७, मोतिपुरका ५१ वर्षीय ओमप्रकाश चौधरी उर्फ ‘चौधरी डंगोरिया थारु’लाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए ।

 

गत ०७४ पुसमा २ जना मोटरसाइकलमा आएर ‘काठको अडर छ’ भन्दै आगो तापिरहेको अवस्थामा बलुको गोली हानी हत्या गरिएको थियो । घटनाको जिम्मा गुण्डा नाइके मनोज पुनले लिएका थिए । पक्राउ परेका थारु हत्याको योजनामा संग्लन रहेको, सुटरलाई हतियार, मोटरसाइकल व्यवस्थापनलगायत कार्यमा सम्लग्न रहेको पाइएको रुपन्देहीका डिएसपी धर्मराज भण्डारीले बताए ।