बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रहरी–ट्राफिक प्रहरी गरी पाँच जना अख्तियारको फन्दामा

शुक्रबार, साउन १७ २०७६

काठमाडौं । नदीजन्य वस्तु ढुवानीकर्तासँग घूस लिएको अभियोगमा काभ्रेको पाँचखालमा एक ट्राफिक हवल्दारसहित पाँच जनालाई अख्तियारले पक्राउ गरेको छ । 

मेलम्चीबाट काठमाडौं आउने टिपरलाई प्रति टिप दुई हजार रुपैयाँ दिनु पर्ने गोप्य सूचनाका आधारमा अख्तियारको टोलीले छापा मार्दा ट्राफिक प्रहरी जवान तेजप्रसाद भट्टराई दुई हजार घूससहित समातिएको आयोगले जनाएको छ  । 

त्यस्तै गर प्रहरी चौकी पाँचखालको मोटरसाईकल गस्ती गर्ने प्रहरी हवल्दार भक्तबहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादेले दुई हजार रुपैयाँ रिसवत लिएको अवस्थामा प्रहरी चौकी पाँचखाल स्थित ठुलोछहरोबाट र बनेपा ट्राफिक पोष्टमा कार्यरत प्रहरी जवान हरिचन्द्र बाँनिया र प्रहरी हवल्दार रामहरी मानन्धरले पनि सोही परिमाणमा घूस लिएको अवस्थामा उनीहरुलाई रंगेहात समातिएको छ ।