काठमाडौं । मलेसियाले आफ्नो देशमा रहेका अवैध कामदारलाई आममाफी दिन सुरु गरेको छ ।
मलेसियामा विभिन्न कारणबाट अवैधानिक रुपमा बस्दै आएका नेपालीसहित अन्य विभिन्न मलुकका आप्रवासी कामदारलाई स्वदेश फर्किने अवसर प्रदान गर्दै मलेसियाले बिहीबारदेखि गुड फर ब्याक कार्यक्रम लागू गरेको हो।
यस कार्यक्रमलाई प्रभावकारी बनाउन निस्शुल्क फारम भर्ने व्यवस्था गरी छुट्टै डेस्क सञ्चालनमा ल्याएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।
आममाफी कार्यक्रममार्फत नेपाल फर्कन बिहीबार ४५ जना अवैधानिक नेपाली कामदारहरुले दूतावासमा सम्पर्क गरेको दूतावासले जनाएको छ।
आममाफी कार्यक्रममार्फत थुप्रै अवैधानिक नेपाली कामदारहरु लाभान्वित हुने विश्वास दूतावासले लिएको छ ।
बिहीबार (अगस्ट १) देखि आगामी डिसेम्बर ३१ सम्म अवैध रुपमा मलेसियामा रहँदै आएका नेपाली कामदारहरु स्वदेश फर्कन सक्ने छन् ।