काठमाडौं– मेलम्ची खानेपानी आयोजनाका दुई मजदुरको मृत्यु भएको छ ।
शुक्रबार बिहान ९ः५० बजे काठमाडौंस्थित बालाजुमा आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरेर सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय सुरेश साह र उनका सहोदर भाइ २० वर्षीय शिककान्त साह रहेको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी बालनरसिंह राणाले जानकारी दिए। उनीहरु आयोजनाका पाइप (च्याम्बर) सफा गर्न भित्र प्रवेश गरेका थिए ।
धेरै समयपछि पनि बाहिर ननिस्किएपछि डोजरले खनेर पाइप निकाल्दा मृत भेटिएको डिएसपी राणाले जनाए ।