काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा बादलले नेपाली जनताको समृद्धि र सुखको आकांक्षा पूरा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
कीर्तिपुर नगर भेलालाई सम्बोधन गर्दै उनले मुलुकमा सुशासन कायम गर्ने, दिगो विकासलाई संस्थागत गर्ने तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने विषय एमालेको प्रमुख कार्यभार भएको स्पष्ट पारे ।
उपाध्यक्ष थापाले राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा गर्न एमाले सक्षम रहेको दाबी गर्दै आसन्न निर्वाचनमा जनताले पार्टीलाई समर्थन गर्ने विश्वास व्यक्त गरे। पार्टीले व्यावहारिक र पाँच वर्षभित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम समेटेर घोषणापत्र सार्वजनिक गरेको उल्लेख गर्दै उनले निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन भएमा एमाले पहिलो दल बन्ने दाबी गरे ।
यसैबीच, काठमाडौँ निर्वाचन क्षेत्र नं १० का उम्मेदवार विनोद श्रेष्ठले विभिन्न राजनीतिक आन्दोलन र परिवर्तनमा कीर्तिपुरवासीको महत्वपूर्ण योगदान स्मरण गर्दै प्राप्त उपलब्धि जोगाउन फेरि पनि जनताले साथ दिने विश्वास व्यक्त गरे ।