बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

१० अंकले बढ्यो नेप्से, तीन वटा समुहले गुमाउँदा १० वटाले कमाए

बुधबार, फाल्गुन १३ २०८२

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन २१ दशमलव ६२ अंकले बढेको नेप्से आज बुधबार पनि १० दशमलव ३० अंकले बढेर २६ सय ४८ दशमलव ९० अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २० अंकले बढेर चार सय ५४ दशमलव ५७ अंकमा चढेको छ । तीन सय ३३ वटा कम्पनीहरुको ४८ हजार छ सय ४० पटकको कारोबारमा एक करोड चार लाख ५६ हजार नौं सय ८० कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम चार अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा तीन वटा समुहहरुको सुचक घटेपनि बाँकी १० वटा समुहको सुचक बढेका छन् । आज फाईनान्स समुहको सुुचक छ दशमलव ८२ अंकले घटेर २४ सय २६ दशमलव ९७ अंकमा पुगेको छ भने सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने तीन दशमलव ११ अंकले बढेर १३ सय ६१ दशमलव ७९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १३ दशमलव ५८ अंकले बढेर तीन हजार चार सय ८३ दशमलव ८३ अंकमा पुगेको छ । जीवन समुहको सुचक पनि दुई सय २५ दशमलव ८१ अंकले बढेर १२ हजार आठ सय ३२ दशमलव ७४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि २१ दशमलव ३१ अंकले बढेर १० हजार आठ सय ६३ दशमलव १९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज सालपा बिकास बैंकले सबैभन्दा बढी कमाएको छ भने हिमालयन पावर पार्टनर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । आखुखोला जलबिद्युत कम्पनी लिमिटेडको आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।