बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिद्धार्थ बैंकको नयाँ शाखा धापासीमा

बुधबार, साउन १५ २०७६

काठामाडौ, साउन १५ । सिद्घार्थ बैंकले आज बुधबार काठामाडौको धापासीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो ।

बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखा सहित बैंकले देशभर १६० वटा शाखा (चार एक्स्टेन्सन् काउन्टर सहित), एक सय शाखारहित बैंकिङ्ग सेवा, १७३ एटिएम र १,३०० भन्दा बढी पस मेसिनमार्फत् उच्चस्तरिय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।