काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ः३१ बजे ४.१ रेक्टरस्केलको भूकम्प मापन गरिएको हो। भूकम्पको केन्द्रबिन्दु रिताक आसपास रहेको जनाइएको छ।
भूकम्पबाट के कति क्षति भयो भन्नेबारे विस्तृत विवरण भने प्राप्त भएको छैन। स्थानीय प्रशासन र सम्बन्धित निकायले अवस्थाबारे बुझ्ने कार्य गरिरहेका छन्।
यसअघि गत माघ २८ गते बन्सार आसपास केन्द्रबिन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो।
नेपाल हिमालय क्षेत्रमा अवस्थित भएकाले यहाँ साना–ठूला भूकम्प समय–समयमा जाने गरेका छन्। विशेषज्ञहरूले भूकम्पीय जोखिमलाई मध्यनजर गर्दै सतर्क रहन र सुरक्षाका आधारभूत उपाय अपनाउन आग्रह गर्ने गरेका छन्।