शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक

बिहिबार, फाल्गुन ७ २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा आज सैनिक मञ्च टुँडिखेल मा आयोजित विशेष समारोहमा सहभागी भएका छन् ।

राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा सरिक भएका हुन्। सो अवसरमा नेपाली सेना ले राष्ट्रपतिलाई सम्मान स्वरूप सलामी अर्पण गरेको थियो। समारोहमा नेपालको कला र संस्कृति झल्कने विविध झाँकी, मार्चपास, नृत्य तथा सांगीतिक प्रस्तुति गरिएको थियो।

कार्यक्रममा रामसहायप्रसाद यादव, सुशीला कार्की, नारायणप्रसाद दाहाल लगायत मन्त्रीहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।