बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सर्लाहीमा तीन मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, दुई घाइते

बिहिबार, फाल्गुन ७ २०८२

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–स्थित खिला क्षेत्रमा तीनवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई युवकको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्। दुर्घटना बिहीबार राति भएको हो।

भारतमा दर्ता भएका मोटरसाइकलहरू आपसमा ठोक्किँदा हरिपुर्वा नगरपालिका–९ मिर्चैया का मुकेश राय र रामज्ञान रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिए ।

उक्त दुर्घटनामा सोही स्थानका विक्रम राय र रामविश्वास राय घाइते भएका छन्। उनीहरूलाई लालबन्दीस्थित मोडल अस्पताल लालबन्दी मा उपचार गरिएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल पनि कारबाहीका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।