शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

उपराष्ट्रपतिद्वारा प्रजातन्त्र दिवसको शुभकामना

बिहिबार, फाल्गुन ७ २०८२

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देश जारी गर्दै उनले संविधानमा निहित सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र कानुनी राज्यको अवधारणालाई अक्षुण्ण राख्दै गरिबी, अशिक्षा, बेरोजगारी तथा विभेद अन्त्यतर्फ एकजुट भएर अघि बढ्न आजको दिनले प्रेरणा दिने उल्लेख गरेका छन्। लोकतन्त्रलाई सुदृढ बनाउन राजनीतिक दल, नेतृत्व र नागरिक सबैले आदर्श आचरण, सकारात्मक सोच र जिम्मेवार व्यवहार आत्मसात् गर्नुपर्ने आवश्यकता उनले औँल्याएका छन् ।

उपराष्ट्रपतिले प्रजातन्त्र दिवसले नागरिक अधिकारको संरक्षण, समान अवसरको सुनिश्चितता, सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने दिशामा सबै पक्षले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।