बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आरामका लागि सिंगापुर जाँदै प्रधानमन्त्री ओली

बुधबार, साउन १५ २०७६

काठमाडौं साउन, १५– प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न १८ गते सिंगापुरतर्फ जाने भएका छन् । निकटस्थ र चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएकाले प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन् । एक साताको सिंगापुर बसाइका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षण पनि गराउनेछन् । 
प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. दिव्या सिंहका अनुसार दैनिक कार्यसम्पादनका कारण धपेडी बढेकाले उनलाई आरामको जरुरत छ । केही दिन आराम गर्न र स्वस्थ्य उपचारका लागि प्रधानमन्त्री सिंगापुर जान लागेको उले बताइन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।