शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, राजमार्ग अवरुद्ध

बुधबार, फाल्गुन ६ २०८२

काभ्रे । अरनिको राजमार्गअन्तर्गत बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बनेपास्थित दूरसञ्चार कार्यालय नजिकै बुधबार बिहान बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनापछि स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले दुर्घटनामा संलग्न टिपरमा आगजनी गरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

हाल प्रदर्शनकारीले अरनिको राजमार्ग अवरुद्ध गरेर विरोध जारी राखेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।