बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

बुधबार, फाल्गुन ६ २०८२

काठमाडौँ । सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा निरन्तर दिने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि दुवै दिन कार्यालय खुला रहने जानकारी दिएको हो।

सरकारले आज ग्याल्पो ल्होसार र भोलि प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ। तथापि, अत्यावश्यक सेवा अन्तर्गत राहदानीसम्बन्धी काम प्रभावित नहोस् भन्ने उद्देश्यले विभागले सेवा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।

दुवै दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कार्यालय खुला रहनेछ। आज राहदानी वितरण सेवा प्रदान गरिनेछ भने भोलि राहदानीका लागि आवेदन फाराम सङ्कलन गरिने विभागले स्पष्ट पारेको छ।