काठमाडौं साउन, १५– देशभित्र यो वर्ष विदेशी कम्पनीबाट लगानी स्वरुप ११ अर्ब भित्रिएको छ । तर, विदेशी कम्पनीले यो वर्ष ३८ अर्ब लाभांस लगेका छन् । लगानीको तुलनामा बाहिरिने लाभांस बढिभएपछि यसले देशको सोधानान्तर घाटा बढाएको छ ।
गत आर्थिक वर्षमा विभिन्न विदेशी कम्पनीबाट ६३ अर्ब ७१ करोडको लगानी प्रतिवद्धता आयो । तर वास्तवीक रुपमा भने ११ अर्ब ८० करोड बराबरको लगानी मात्रै भित्रिएको राष्ट्र बैंकले जनाएको छ । यस्तो लगानी गत वर्षको तुलनामा २५ प्रतिशतले घटेको हो ।
नेपालमा कुल विदेशी लगानी २ खर्ब ९३ अर्ब छ । जुन लगानीमा खुलेका यस्ता कम्पनीले भने देशबाट यो आर्थिक वर्षको ११ महिनामै ३८ अर्ब लाभासं लगेका छन् । विदेशी कम्पनीले नेपालमा गरेको लगानीबाट उच्च मुनाफा कमाउदा पनि सरकारले भने यस्तो मुनाफाको खासै प्रचारप्रसार गर्न सकेको छैन । लगानी बढाउने भन्दै विभिन्न ऐन परिमार्जन गरिएको छ । तर यसले पनि खास लगानी आकर्षित गर्न सकेको छैन ।
विदेशी लगानीमा खुलेका यस्ता उद्योगले लाभांस मात्रै लगेका छैनन् । यहाँ रोजगारी पनि सिर्जना गरेका छन् । विदेशी लगानीमा खुलेका उद्योगधन्दाले अहिलेसम्म २ लाख ५८ हजारलाई रोजगारी दिएका छन् । तर, वैैदेशिक लगानी मार्फत आउने रकमको तुलनामा जाने लाभांस ठूलो हुँदा यसले सोधानान्तर घाटा भने बढाएको छ ।
सरकारले विदेशी लगानी प्रवर्धन गर्नका लागि प्रत्येक वर्ष जसो लगानी सम्मेलन गर्दै आएको छ । तर त्यो प्रभावकारी हुन सकेको छैन । ऐन कानुन परिमार्जन गरेर मात्र हुँदैन यहाँ लगानी गर्दाका क्रममा झेल्नु पर्ने समस्या र विदेशी लगानीको सुरक्षा गर्न सके मात्रै विदेशी लगान्ी भित्रिन सक्छ ।
वैैदेशिक लगानी प्रविद्धता ३ अर्बले बढेको देखिएपनि वास्तविक रुपमा देशमा भित्रिएको यस्तो लगानीमा भने २५ प्रतिशतले गिरावट आएको देखिन्छ । वैदेशिक लगानीमा खुलेका उद्योगधन्दाले उच्च मुनाफा कमाउँदा पनि सरकारले त्यसको प्रचारप्रसार गर्न सकेको छैन ।