काठमाडौं साउन, १४–
संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा माछापुच्छ्रे बैंक लि.ले पोखरा महानगरपालिका, वडा नं. २१ स्थित दोविल्ला परिसरमा वृक्षारोपण गरेको छ । बैंकको पोखरामा रहेका शाखा कार्यालयहरु तथा पोखरा महानगरपालिका, रघैचौर टोल विकास संस्था सँगको सहकार्यमा उक्त वृक्षारोपन निर्माणमा सहयोग पुर्याउने उद्देश्यले पोखरा महानगरपालीकाको सहयोगमा उक्त वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । उक्त अवसरमा करिब ७० भन्दा बढि विरुवाहरु रोपिएको थियो ।
त्यसैगरी बैंकले मनोरम नगर समाजको संयुक्त सहकार्यमा भक्तपुरको मनोहरामा मा वृक्षारोपण गरेको छ । भक्तपुरस्थित मनोहरा जग्गा एकीकरण आयोजनाले छुट्याएको मनोरम समाज क्षेत्रको ग्रिनवेल्ट लगायतका स्थानमा वृक्षारोपण कार्यक्रम गरिएको हो ।
बैंकले आफ्नो सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १३१ वटा शाखाहरु लगायत ११२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २४३ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर १४४ वटा एटीएमहरु मर्फत ग्राहक महानुभावहरुलाई सेवा प्दान गरिरहेको छ ।