बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुमिनाको ‘वालापन भाग्दै’ सार्वजनिक

मंगलबार, साउन १४ २०७६

धनकुटा । भर्खर मात्रै गायन यात्रामा पाइला टेकेकी पाख्रीवास नगरपालिका ७ मुगा, धनकुटाकी सुमिना बराइलीले केही म्यूजिक गीत रेकर्ड गराई सकेकी छन ।

मिठो स्वरकी धनी सुमिना बाल्यकालदेखि नै गायनमा रुची राख्ने गर्थिन् । अहिले त्यही स्वरको सदुपयोग गर्दै उनी एक पछि अर्को गीत रेकर्डिङमा लागेकी छिन् ।

पढाईसंगै गायनमा लागेकी उनी गायनलाई नै भविश्य बनाऊने सोच लिएर अगि बढेको बताऊछिन । पछिल्लो समयमा युवतीको यौ’नावस्था प्रवेशको अनुभब हुने उत्सुकता र चन्चलतालाई ऊजागर गर्दै ‘वाला पन भाग्दै’ वोलको गीत सार्वजनिक गरिएको छ ।

धनकुटा खबरको युटुव च्यानलवाट उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा टिपिकल शब्दभएकोले शब्दअनुसार लय भर्ने प्रयास गरेको बताऊदै संगितकार साजन राईले सम्पूर्ण टीमले नै गीतलाई न्याय दिने प्रयास गरेको बताएका छन ।

वुद्विमान वराईलीको शब्द रहेको उक्त गीतमा चन्दु गोर्खालीले लय भर्ने काम गरेका छन । ओम प्रकाश निरौलाद्वारा निर्देशित उक्त गीतमा कलाकार मनु धमला, सुमिना वराईली र विराज ओलीको उत्कृष्ट अभिनय रहेको छ भने भिडयो अवधारणा  विष्णु विक्रम निरौलाको रहेको छ ।

कलाकार मनु धमला वरिष्ट पत्रकार ऋषी धमालाकी भतिजी हुन भने सुमिना स्वयं गायिका हुन । त्यस्तै युगराज खड्काले चित्रमा ऊतारेको उक्त गीतको नृत्यनिर्देशन अश्मिता श्रेष्ठले गरेकी छन  ।