बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मार्समेल्लो ल्याउने भनेर झुक्याउने डेजाभुका सञ्चालक बाउन्स चेक अभियोगमा पक्राउ

मंगलबार, साउन १४ २०७६

काठमाडौं  । केही समय अघि र्‍यापर मार्समेल्लो ल्याउने भनेर दर्शक झुक्याएको निहुँमा बद्नामी कमाएको डेजाभु क्लबका सञ्चालक मनोज श्रेष्ठ पक्राउ परेका छन् । यसपटक उनी चेक बाउन्स मुद्दामा गिरफ्तिार भएका हुन् । 

श्रेष्ठलाई हङकङबाट क्याथे ड्रागनको उडानमा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इन्टरपोलको माइन्ड सिष्टममार्फत अध्यागमन कार्यालयबाट पक्राउ परेका हुन् । उनीविरुद्ध ०७५ माघ १५ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोलबाट ‘डिफ्युजन नोटिस’ जारी भएको थियो ।

१२ गते राति पक्राउ परेका श्रेष्ठलाई १३ गते महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । पर्वत घर भई हाल ललितपुरको झम्सीखेल बस्दै आएका श्रेष्ठविरुद्ध बैंकिङ कसुरको मुद्दा चलिरहेको छ ।