काठमाडौं । ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति प्रदेश–०१–००४ क ६२२८ नम्बरको ट्रक दुर्घटनामा परेको हो।
दुर्घटनामा चालक ललितपुरको गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रकमा सवार करिब ४० वर्षीय र ५० वर्षीय दुई पुरुषलाई उपचारका लागि पाटन अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ। ती दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।