बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनआईसी एशिया बैंकद्धारा सहयोग

मंगलबार, साउन १४ २०७६

काठमाडौ, साउन १४ । एनआईसी एशिया बैंकले पोखरा कास्कीस्थित रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई एलईडी टेलिभिजन सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उक्त संस्थालाई सहयोग गरेको हो । 

बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्माले एक कार्यक्रमका बीच रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई उक्त सामाग्री हस्तान्तण गरेका हुुन ।

यो सहयोगले सो केन्द्रका बृद्धबृद्धाहरुलाई सूचना तथा मनोरञ्जनका सामग्रीमा सहज पुुग्ने बिश्वास बैैकले लिएको छ ।