शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

देशलाई निकास दिन निर्वाचन सफल बनाऔँ: प्रधानमन्त्री कार्की

शुक्रबार, फाल्गुन १ २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलतामा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएकी छन् ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र व्यवस्थित निर्वाचन सम्पन्न गर्न सबैको योगदान महत्वपूर्ण भएकोमा जोड दिइन्।

यसैबीच, फुङ्लिङमा उनले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका जिल्ला प्रमुखसँग निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे छलफल गरेको प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।

प्रधानमन्त्री कार्कीले पाथीभरा मन्दिरको दर्शन पनि गरेकी थिइन् ।