बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पश्चिम पहाडमा भारी वर्षा हुने सम्भावना, महाशाखाका अनुसार अन्य स्थानमा यस्तो छ अवस्था !

मंगलबार, साउन १४ २०७६

काठमाडौं, साउन १४ । आज मंगलबार देशभर मौसम बदली भई केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार राति पश्चिम भूभागका एकरदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

‘पश्चिमी भूभागमा दिउँसोभन्दा पनि राति मनसुन अलि सक्रिय हुने संकेत देखिएको छ,’ मौसमविद् कँडेलले नेपालखबरसँग भनिन्, ‘अन्य स्थानमा हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना छ।’

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ   राति पश्चिमी पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ । 

महाशाखाका अनुसार अहिले पनि देशका थोरै स्थानमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि मौसम बदली भएको छ। यहाँ पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतिर छ। जसका कारण नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको मौसमविद्ले बताएका छन्।

यस्तो छ, महाशाखाले जारी गरेको ३ दिनको मौसमी अनुमानः 

साउन १४ गते मंगलबार
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने सम्भावना छ ।

रातिः देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य तथा पुर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहि पश्चिमका केही स्थानहरुमा, पूर्व र मध्यका थोरै स्थानमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

साउन १५ गते बुधबार
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने सम्भावना छ । देशको पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा वर्षा हुने सम्भावना छ। 

साउन १६ गते बिहीबार
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने सम्भावना छ ।

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा वर्षा हुने सम्भावना छ।