दाङ । घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृतकको पहिचान हालसम्म खुलेको छैन।
लु प्र ०२००१ प ११०२ नम्बरको ‘पल्सर’ मोटरसाइकल घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सेवार खोलामा गएराति दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटनापछि आज बिहान उद्धार गरी घाइतेहरूलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।