काठमाडौं । न्याय परिषद्ले पाटन, सुर्खेत र तुल्सीपुर उच्च अदालतका मुख्य न्यायाधीशको सरुवा गरेको छ ।
केही दिन पहिले मात्र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उच्च र जिल्ला अदालतका २ सय न्यायाधीशको सरुवा गरेका थिए । त्यसको केही समयमै उनले तीन वटा उच्च अदालतका मुख्य न्यायाधीशको सरुवा गरेका हुन् ।
परिषद्ले ललितपुर उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाललाई सुर्खेत सरुवा गरेको छ । सुर्खेत उच्च अदालतमा रहेका मुख्य न्यायाधीश रमेश पोखरेललाई तुल्सीपुरमा सरुवा गरिएको छ । तुल्सीपुर उच्च अदालतका कार्यरत मुख्य न्यायाधीश नहकुल सुवेदीलाई उच्च अदालत पाटनमा सरुवा गरेको छ ।
विशेष अदालतबाट हालैमात्र सरुवा भएका उच्च अदालत पोखरामा सरुवा भएका न्यायाधीश प्रमोदकुमार वैद्यलाई राजश्व न्यायाधीकरण पोखराको प्रमुख पदको कार्यभार दिइएको छ ।