शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना

शनिबार, माघ २४ २०८२

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण तराई भू–भागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशसहित देशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो रहिरहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ। यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

आज राति तराईका थोरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।