बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई पितृशोक

बिहिबार, माघ २२ २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ। उनका पिता भोजप्रसाद भट्टराईको आज बिहान ९७ वर्षको उमेरमा काठमाडौँस्थित न्यूरो अस्पताल, बाँसबारीमा निधन भएको छ। यो जानकारी भट्टराईकी छोरी मानुषी यमी भट्टराईले दिएकी हुन् ।

मानुषीले भनिन्, “हजुरबुवा ९६ वर्ष पूरा भई ९७ वर्षमा प्रवेश गर्नुभएको थियो। उहाँको आज बिहान स्वर्गारोहण भएको छ।”

स्वर्गीय भट्टराईको शव हाल पशुपतिस्थित ब्रह्मनालमा राखिएको छ भने केहीबेरमा विद्युतीय शव गृहमा दाहसंस्कार गरिनेछ। उनका दुई छोरा र दुई छोरी छन् ।