शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ईश्वरपुरमा कार दुर्घटना, एक जनाको मृत्यु तीन घाइते

बुधबार, माघ २१ २०८२

सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईका अनुसार आज बिहान लु३च ५४७२ नम्बरको निजी कार दुर्घटनामा पर्दा बुटबल उपमहानगरपालिका–१ निवासी २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको हो।

काँकरभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको उक्त कारका चालक बुटबल उपमहानगरपालिका–१ कै २३ वर्षीय साहिल बर्मा, ४८ वर्षीय वृजकिशोर बर्मा र ५२ वर्षीय सञ्जय जैसवाल घाइते भएका छन्। घाइते तीनै जनाको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार घाइतेमध्ये सञ्जय जैसवालको अवस्था गम्भीर रहेको छ।