साउन १२, काठमाडौं । मुक्तिनाथ विकास बैंकले हकप्रद निष्काशनको लागि बुक क्कोलोज मिति तय गरेको छ । बैंकले हकप्रद निष्काशनको लागि साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । साउन ३० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् ।
बैंकले १:०.२ को अनुपातमा २० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। जस अनुसार बैंकले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँको ६१ लाख २९ हजार ५ सय २० दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।
हकप्रद शेयर निष्काशनको लागि भिबोर क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्व ६ करोडमा हकप्रदपछि बैंकको चुक्ता पुंजी ३ अर्ब ६७ करोड ७७ लाख पुग्ने छ।